Logo

टान अध्यक्षमा चोलेन्द्र बहादुर कार्कीको दाबी


काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को निर्वाचन नजिकिदै जाँदा भावी नेतृत्वका लागि आकांक्षीहरुले विभिन्न माध्यमबाट आफ्नो दाबेदारी प्रस्तुत गर्न थालेका छन् । टानको ४२औं र ४३औं साधारण सभासँगै नयाँ नेतृत्व चयनका लागि आगामी ११ फेब्रुअरीमा निर्वाचन गर्ने घोषणा गरिएको छ ।

यसैबीच, अध्यक्ष पदका लागि वर्तमान प्रथम उपाध्यक्ष तथा हिमालयन जोय एड्भेन्चरका सञ्चालक चोलेन्द्र बहादुर कार्कीले आफ्नो दाबी पेस गरेका छन् । पर्यटन मजदुर हुँदै सन् २०१० मा आफ्नै कम्पनी स्थापना गरी नेपालको पदयात्रा तथा पर्वतीय पर्यटनसँग प्रत्यक्ष रुपमा उठबस गर्दै आएका कार्कीले पर्यटन क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।

सोलुखुम्बु जिल्लाको प्रतिनिधित्व गर्दै टानको आगामी नेतृत्वमा जान लागेको बताउने कार्कीले कोभिड १९ बाट क्षतविक्षत नेपाली पर्यटन क्षेत्रलाई चलायमान बनाउने ठोस नीति तथा कार्यक्रम तयार गर्ने काम आफ्नो पहिलो एजेण्डा हुने बताउँछन् ।

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ३, बासामा जन्मिएका उनी पर्यटन क्षेत्र सँगसँगै राजनीतिक तथा सामाजिक क्षेत्रबाटसमेत क्रियाशिल हुँदै आएका छन् ।

प्रकाशित मिति : बुधबार, ७ पुष २०७८ २१:१७
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ