सोलुखुम्बुमा खस्यो ४० हजारभन्दा बढी मत
सोलुखुम्बु । कुल ८१ हजार ५ सय २ जना मतदाता रहेको सोलुखुम्बु जिल्लामा ४० हजार ४ सय ३३ मत मत खसेको तथ्याङ्क छ । यो ४९ दशमलव ६० प्रतिशत हो ।
निर्वाचनमा खटिएका मतदान अधिकृतहरुका अनुसार १९ हजार ५ सय ६३ मतदाता रहेको सोलुदूधकुण्ड नगरपालिकामा ९ हजार २ सय ४७ अर्थात ४७.२६ प्रतिशत मत खसेको छ ।
थुलुङ दूधकोसी गाउँपालिकामा कुल १५ हजार १ सय ९ मतदातामध्ये ७ हजार ३ सय १५ अर्थात ४८.४१ प्रतिशत मत खसेको छ भने सोताङ गाउँपालिकामा ७ हजार ६४ मतदातामध्ये ३ हजार ८ सय ४४ अर्थात ५४.४१ प्रतिशत मत खसेको छ ।
यस्तै, महाकुलुङ गाउँपालिकामा ७ हजार ८ सय ४९ मतदातामध्ये ४ हजार ६२ अर्थात ५१.७५ प्रतिशत, नेचासल्यान गाउँपालिकामा १० हजार ४ सय ४३ मतदातामा ५ हजार ३ सय ८ अर्थात ५०.८२ प्रतिशत मत खसेको छ ।
त्यसैगरी माप्य दूधकोसी गाउँपालिकामा १० हजार ५ सय ४२ मतदाता रहेकोमा ५ हजार ४ सय ४० अर्थात ५१.६० प्रतिशत मत खसेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकामा ५ हजार ९ सय ८७ मतदातामा २ हजार ६ सय ४७ अर्थात ४४.२१ प्रतिशत र लिखुपिके गाउँपालिकामा ४ हजार ८ सय ४५ मतदातामा २ हजार ५ सय ७० अर्थात ५३.०४ मत खसेको छ ।
आठ वटा स्थानीय तह रहेको जिल्लामा प्रतिशतको हिसाबले सबैभन्दा बढी लिखुपिकेमा ५३.०४ र सबैभन्दा कम खुम्बु पासाङ ल्हामुमा ४४.२१ मत खसेको छ ।