Logo

सोलुखुम्बुबाट निर्वाचित राजभण्डारी बने प्रदेश मन्त्री


सोलुखुम्बु – सोलुखुम्बुको प्रदेश निर्बाचन क्षेत्र ‘ख’ बाट निर्बाचित सांसद बुद्धिकुमार राजभण्डारी मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मत कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले राजभण्डारीसहित तीन जनालाई आज बिना बिभागीय मन्त्रीमा नियुक्त गरेका हुन् ।

एमालेका राजभण्डारीसँगै नेकपा माओवादी केन्द्रको तर्फबाट जीवन आचार्य र दुर्गा चापागाईं मन्त्री नियुक्त भएका छन् ।
प्रदेश सभाको अघिल्लो कार्यकाल पनि जिल्लाको सोही निर्बाचन क्षेत्रबाट निर्बाचित राजभण्डारी नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक थिए । नवनियुक्त तीन मन्त्रीलाई मुख्यमन्त्री कार्कीले आजै सपथ गराएका छन् ।

यसअघि मुख्यमन्त्री कार्की सहित एमालेका राप्रपा र जसपाबाट एक एक मन्त्री नियुक्त भएका थिए । नेकपा माओवादी केन्द्रको तर्फबाट छन् ।

प्रकाशित मिति : शुक्रबार, २९ पुष २०७९ १६:३९
प्रतिक्रिया दिनुहोस्