Logo

सोलुको बेरुजु झण्डै साढे ३० करोड, सबैभन्दा बढी सोताङ र सबभन्दा कम बेरुजु महाकुलुङ गाउँपालिकाको !


Photo file

सोलुखुम्बु :  सोलुखुम्बु जिल्लाको आठ वटै स्थानीय तहमा आर्थिक वर्ष २०७८/०७९ मा ३० करोड ४१ लाख ३६ हजार बजेट बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं प्रतिवेदनअनुसार आर्थिक बर्ष २०७८/७९ मा जिल्लाको सो बेरुजु देखिएको हो ।

प्रतिबेदन अनुसार जिल्लाका आठ वटा स्थानीय तह मध्ये सबैभन्दा बढी  प्रतिशतका हिसाबले सोताङ गाउँपालिकाको ९.८३ प्रतिशत र सबै भन्दा कम महाकुलुङ गाउँपालिकाको २.४५ प्रतिशत रहेको छ । 

महाकुलुङ गाउँपालिकामा ५८ करोड ५१ लाख ९८ हजारको लेखापरिक्षण गर्दा १ करोड ४३ लाख १९ हजार बेरुजु देखिएको छ भने सोताङ गाउँपालिकामा ६२ करोड ९० लाख २७ हजारको लेखापरिक्षण गर्दा ६ करोड ७६ लाख ३६ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  

माप्य दुधकोशी गाउँपालिकामा ७२ करोड ४० लाख ६५ हजारको  लेखा परीक्षणमा ३ करोड ४५ लाख ६६ हजार बेरुजु देखिएको छ । लिखुपिके गाउँपालिकामा ४३ करोड ६३ लाख ८६ हजारको लेखापरिक्षण गर्दा १ करोड ६० लाख  बेरुजु देखिएको हो ।

यस्तै, नेचासल्यान गाउँपालिकामा ८२ करोड १५ लाख ४१ हजारको  लेखापरिक्षण गर्दा ४ करोड ५१ लाख ९९ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जिल्लाको एक मात्र नगरपालिका सोलु दुधकुण्ड नगरपालिकामा १ अर्ब ३५ करोड ४९ लाख ७७ हजारको लेखा परिक्षण गर्दा  ३ करोड ३६ लाख ४ हजार बेरुजु देखिएको छ भने थुलुङ दुधकोशी गाउँपालिकामा १ अर्ब ९ करोड ४९ लाख ७७ हजारको लेखापरिक्षण गर्दा ४ करोड १७ लाख ७७ हजार बेरुजु देखिएको छ ।

यस्तै खुम्बु पासाङ ल्हामु गाउँपालिकामा ८० करोड ८० लाख ९५ हजारको लेखापरिक्षण गर्दा  ५ करोड ६६ लाख ८६ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति : आईतवार, ३ बैशाख २०८० २१:१५
प्रतिक्रिया दिनुहोस्