Logo

महाकुलुङमा प्याराग्लाइडिङको सफल परिक्षण उडान


सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङमा पहिलो पटक प्याराग्लाइडिङ परिक्षण उडान गरिएको छ । महााकुलुङ गाउँपालिका वडा नम्बर २ को आयोजनामा आज बुधबार पेल्माङको चोङ्खामा सफल परिक्षण उडान गरिएको हो ।

द बाबु एडभेन्चर्स इन्टरनेसल प्रा.लि.का प्याराग्लाडिङ प्रशिक्षक सानो बाबु सुनुवार र द बाबू एडभेन्चर्स प्रा.लि.का पाइलट मोहन कुमार सुनुवारले वडाध्यक्ष प्रदिप कुलुङलाई प्याराग्लाइडिङमा उडाई सम्भाव्यता अध्ययन गरिएको संवाददाता झलक राईले जानकारी दिनुभयो ।

प्याराग्लाइडिङ उडान मार्फत पर्यटन पर्वद्धन गर्न सकिने भएकाले अब स्थानीय तहहरुले निति तथा कार्यक्रम बनाई यसतर्फ पनि बजेट विनियोजन गर्नुपर्ने देखिएको वडाध्यक्ष कुलुङले प्रतिकृया दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आँहा कति रमाईलो ! मत चरा नै बनेछु, अब तपाईको पालो, बिदेशीलाई हाम्रो नदेखिएका चुचुरो अनि फाटहरु देखाउने पालो आयो अब ।’ नेपालमा प्याराग्लाइडिङ गर्न आउने बिदेशी पर्यटकको संख्या दिनुहु बढिरहेकाले यस जिल्लामा पनि यस्ता कार्यक्रमहरु अघि सार्न सके थप पर्यटकहरु आर्कषित हुने प्रशिक्षक सानो बाबू सुनुवारले बताउनुभयो ।

परिक्षणमा वडा नम्बर ५ का अध्यक्ष महल सिं राई, वडा नम्बर २ की वडा सदस्य चस्मिता विश्वकर्मा, बुङ प्रहरी चौकीका प्रहरी, स्थानीय, विद्यार्थी, सञ्चारकर्मी लगायत गरी ४० जनाको उपस्थित थियो ।

प्रकाशित मिति : बुधबार, १३ असार २०८० २०:०८
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ