हवाई भाडामा भ्याट महँगिएर नेपाल आउने पर्यटकलाई सकस : सांसद आचार्य
काठमाडौं । सुनसरी क्षेत्र नम्बर २ का सांसद भीम आचार्यले हवाई भाडामा भ्याट लाएर नेपाल सरकारले विदेशबाट आउने पर्यटकलाई महँगो पारेको बताए । यसले नेपाल आउने पर्यटकलाई सकस भएको आचार्यले बताए ।
आज संसदमा बोल्दै आचार्यले सरकारले लाएको भ्याटको कारणले नेपाल आउने हवाई यातायात महँगिएको बताए । भ्याट तत्काल हटाउन आचार्यले माग गरे ।
अन्तर्राष्ट्रिय विमानस्थल भनेको देशको अन्तर्राष्ट्रिय हवाई सीमा भएको भन्दै आचार्यले त्यसमा विदेशी नीजि कम्पनीलाई सुरक्षाको जिम्मा दिने कुरामा आचार्यले आपत्ति जनाए । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा पनि यस्तै काम हुन लागेको भन्दै जनदबाबले हटेको बताए ।
नेपालका हवाई माफियाले पोखरा र भैरहवाको विमानस्थलको खास्टोमा यस्तो प्रस्ताव ल्याएको भन्दै आचार्यले सरकारले यस्तो नगर्न आग्रह गरे । त्रिभुवन विमानस्थलको नाफा खाने, निजगढ कब्जा गर्ने नियतले यो प्रस्ताव आएको आचार्यले बताए ।
नेपालमा बढेको भूराजनीतिक कारणले यस्तो कदम खराब हुने आचार्यले बताए । उनले प्रश्न गरे, ‘कुनै प्राइभेट कम्पनीलाई दिनको लागी त्यो प्रपञ्च किन रचियो ।’