बायुसेवा निगम सुधार प्रतिवेदन कार्यन्वयन सिफारिस समितिले बुझायो चौथो प्रतिवेदन
काठमाडौं । पूर्व गर्भनर दीपेन्द्र बहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यन्वयन सिफारिस समितिले चौंथो प्रतिवेदन बुझाएको छ । पूर्व क्याप्टेन कुलबहादुर लिम्बु नेतृत्वको सिफारिस समितिले विहिबार प्रतिवेदन बुझाएको हो ।
समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मन्त्रालयका सचिव दिपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवाराज अधिकारीलाई संयुक्तरुपमा प्रतिवेदन बुझाएको हो ।
समितिले बुझाएको प्रतिवेदनमा मुख्यगरी ४ ओटा बुँद समावेश गरिएको छ । पहिलो बुँदामा आन्तरिक लेखा परिक्षण प्रभावकारी बनाउने, दोस्रोमा सञ्चालक समितिको निर्णय र निगमको सशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने, तेस्रोमा निगमलाई आर्थिकरुपले प्रभावकारी बनाउन सोल्टी होटलको सेयर विक्री गर्ने रहेको छ ।
त्यस्तै चौंथो बुँदामा निगमको यथार्थपरक व्यवसायिक कार्ययोजना बनाउने प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनलाई प्रभावकारी कार्यन्वयनका लागि मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्षलाई निर्देशन दिएको छ ।