Logo

शिखरपोष्टको लोगो विश्वको सुन्दर हिमाल आमादब्लममा फहराईने


काठमाडौं । शिखरपोष्ट मिडियाको लोगो विश्वको सुन्दर हिमाल आमादब्लममा फहराइने भएको छ । यूवा आरोही टेकचन्द्र राईले शिखरपोष्टको लोगो आमादब्लममा फहराउन लागेका हुन् ।

शिखरपोष्ट मिडिया ग्रुपका अध्यक्ष प्रकाश खालिङले बुधबार काठमाडौंमा उक्त लोगो आरोही राईलाई हस्तान्तरण गरे । आरोही राई आउँदो १ जनवरीमा आरोहणका लागि त्यसतर्फको यात्रा सुरु गर्दैछन् ।

उनले यसअघि पनि आमादब्लम हिमालको सफल आरोहण गरेका थिए । ६८१२ मिटर उच्चाईको आमादब्लम विश्वको सुन्दर तर, आरोहणका लागि कठिन हिमाल हो ।

आरोही राईलाई पुन आमादब्लम सफल आरोहणका लागि हामी हार्दिक शुभकामना ब्यक्त गर्दैछौ ।

शिखरपोष्टको लोगो यसअघि आरोही नर्विन मगरले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो पुर्याएका थिए ।

प्रकाशित मिति : बुधबार, १४ चैत्र २०८० १६:३१
प्रतिक्रिया दिनुहोस्