Logo

पर्यटन बोर्डको संचालक समितिमा सापकोटा, लामा र भण्डारी नियुक्त गर्ने क्याबिनेटको निर्णय


काठमाडौं । नेपाल पर्यटन बोर्डको संचालक समिति सदस्यमा तीन जना नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रामप्रसाद (कमल) सापकोटा (धादिङ), राजेन्द्र लामा (काभ्रे) र ऋषिराम भण्डारी (कास्की)लाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सदस्य नियुक्तिका लागि सिफारिस भएका पाँच जनामध्येबाट तीन जनालाई सदस्य बनाइएको हो । तत्कालिन पर्यटनमन्त्री सुदन किरातीको पालामै ठाकुरराज पाण्डेको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो । सो समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो ।

नियुक्त भएका तीनमध्ये साकोटा बोर्डको उपाध्यक्ष बन्ने सम्भावना प्रवल छ । यसैबीच, बोर्डको नयाँ सीईओ नियुक्ति प्रकृया अभिलम्ब अगाडि बढाइने पर्यटनमन्त्री हित बहादुर तामाङले बताउदै आएका छ्न् ।

प्रकाशित मिति : बिहीबार, १५ चैत्र २०८० १८:४४
प्रतिक्रिया दिनुहोस्