Logo

२०२४ को वसन्त ऋतुका लागि सगरमाथा चुचुरोसम्मको ‘रोप फिक्सिङ’ सकियो


खुम्बु । सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न चुचुरोसम्मको ‘रोप फिक्सिङ’ सम्पन्न भएको छ । शुक्रबार रोप फिक्सिङको काम सकिएसँगै सन् २०२४ को वसन्त ऋतुका लागि आरोहण खुल्ला भएको छ ।

यो आरोहणसँगै सर्वोच्च शिखर सगरमाथाका लागि अनुमतिप्राप्त स्वदेशी तथा विदेशी पर्वतारोहीहरूका लागि आरोहणको बाटो खुलेको छ ।

‘रोप फिक्सिङ’ सेभेन समिट ट्रेक्स कम्पनीले गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्णय अनुसार सन् २०२४ को वसन्त ऋतुमा सगरमाथा हिमालचुलीको दोस्रो शिविरदेखि चुचुरोसम्म हिमाली बाटो निर्माण (रुट फिक्सिङ) गर्न पर्यटन बिभागबाट पर्वतारोहण सञ्चालक संघलाई जिम्मेवारी प्रदान गरिएकोमा उक्त संघबाट छनौट भई सेभेन समिटिले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो निर्माण गर्ने जिम्मा पाएको थियो ।

क्याम्प–२ देखि सगरमाथाको चुचुरो सम्मकोे ‘रोप फिक्सिङ’ टिम लिडर देन्डी शेर्पासहित १० जनाको टिमले गरेका हुन् । हाल सम्म सगरमाथा लगायत ३० वटा हिमाल आरोहणको लागि अनुमति लिइसकेका छन् । नौ सय ५६ जनाले हिमाल आरोहणको लागि अनुमति लिएको पर्टयन विभागले जनाएको छ ।

यसमा दुई सय महिला र ७५६ जना पुरुष रहेका छन् । उक्त आरोहीहरुबाट सरकारले ६७ करोड १४ लाख ६१ हजार ६ सय ९१ रुपियाँ रोयल्टी सकंलन गरेको छ ।

सेभेन समिटका फिल्ड मेनेजर टेन्डी शेर्पाले सगरमाथाको बाटो खोल्ने टोलीलाई आधारशिविरबाट संयोजन गरेका थिए । बाटो खोल्ने कार्यमा देण्डी शेर्पा, तेन्जिङ ग्याल्जे शेर्पा, नाम्गेल दोर्जी तामाङ, दावा रिन्जी शेर्पा, दावा शेर्पा, रिन्जी शेर्पा, पेम्बा तासी शेर्पा, पेम दोर्जी शेर्पा र लाक्पा शेर्पा सहभागी थिए ।

प्रकाशित मिति : शुक्रबार, २८ बैशाख २०८१ २३:३३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ