Logo

एशियन पर्वतारोहण महासंघका निवर्तमान अध्यक्ष शेर्पा सम्मानित


काठमाडौं । जापानस्थित एशियन पर्वतारोहण महासंघ (यूएएए)ले निवर्तमान अध्यक्ष, विश्व पर्वतारोहण महासंघका मानार्थ सदस्य एवं पर्वतीय पर्यटनविद अध्यक्ष आङछिरिङ शेर्पालाई सम्मानित गरेको छ ।

महासंघको विकास र नेपालको हिमाली पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जापानमा आयोजित महासंघको ३०औं साधारण सभा समारोहबीच शेर्पालाई विशेष सम्मान गरिएको हो ।

सोही अवसरमा पूर्वअध्यक्ष फुमियो तानकालाई पनि सम्मानित गरियो ।

उक्त सभामा विभिन्न १२ वटा देशका प्रतिनिधिहरूले भाग लिएका थिए । हालसम्म नेपालसहित चार वटा देशहरुका मात्र यस महासंघको अध्यक्ष भएका छन् ।

महासंघमा इरान, जापान, नेपाल र कोरियन व्यक्ति हालसम्म अध्यक्ष भएका छन् ।

प्रकाशित मिति : सोमबार, २१ श्रावण २०८१ १४:४८
प्रतिक्रिया दिनुहोस्