Logo

खालिङ संस्थाको २३औं स्थापना दिवसमा ‘खालिङ भाषा कविता प्रतियोगिता’ सम्पन्न, रेजिना भईन् प्रथम


काठमाडौँ । किरात खालिङ राई उत्थान संघले आफ्नो २३औं स्थापना दिवसको अवसर पारेर आयोजना गरेको ‘खालिङ भाषिक खुला कविता प्रतियोगिता–२०८१’ मा रेजिना खालिङ (रामरिसफूल) प्रथम भएकी छन् । बिहीबार काठमाडौं आयोजित कार्यक्रममा प्रस्तुत कविता मध्येबाट रेजिनाको ‘चाख्सर’ शिर्षकको कबिताले प्रथम स्थान हासिल गरेको हो । उनले पुरस्कारस्वरुप नगद १० हजारको साथमा प्रमाणपत्र प्राप्त गरेकी छन् ।

प्रतियोगितामा एकाप्रसाद खालिङ द्वितीय र रुद्र खालिङ (मज्जलाल) तृतीय हुँदा नरेन्द्र मलिमलाल (हाल दक्षिण कोरिया)ले सान्त्वना स्थान हात पारे । उनिहरुलाई क्रमश नगद ७ हजार, ५ हजार र २५ सय नगदको साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिस्पर्धाका लागि ५० भन्दा बढी कविता प्राप्त भएको थियो । पहिलोचरणबाट उत्कृष्ट १० कबिता छनोट भएर बिहीवार प्रस्तुत गरिएकोमा बाँकी ६ कविहरूलाई प्रोत्साहनस्वरुप नगद १५/१५ सय र प्रमाणपत्र प्रदान गरिएको छ ।

संघको २३ औँ स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा कुसुम खालिङ राई, रमेश राई, नरेन्द्र मलिमलाल, मुना खालिङ राई, श्रद्धा खालिङ राई, रेजिना खालिङ (रामरिसफूल), एकाप्रसाद खालिङ, मिङमार खालिङ, रविन खालिङ र रुद्र खालिङ (मज्जलाल)को कविता उत्कृष्ट १० मा छनौटमा परेका थिए ।

संस्थागत रुपमा खालिङ भाषाको कबिता बाचन प्रतियोगिता आयोजना गरिएको यो पहिलो हो । नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रमको अवसरमा खालिङ समुदायबाट रक्षामन्त्री बनेका मानवीर खालिङ र मेखी दण्ड नाटकका लेखक गिलु रातोसलाई सम्मान गरिएको थियो ।

किरात खालिङ राई उत्थान संघका अध्यक्ष बल बहादुर खालिङले संस्थाको स्थापना दिवसलाई बिशेष र अर्थपूर्ण बनाउनका लागि यसपटक खालिङ भाषाको कबिता प्रतियोगिता आयोजना गरिएको र अब हरेक स्थापना दिवसको अवसरमा सिर्जनात्मक र रचनात्मक कार्यक्रम सन्चालन गरिने बताए ।

 

प्रकाशित मिति : शुक्रबार, ११ आश्विन २०८१ १२:३३
प्रतिक्रिया दिनुहोस्