Logo

नेपालको यू–१९ महिला टोलीले आज ऐतिहासिक विश्वकप क्रिकेट खेल्दै, को को छन् खेलडी ?


काठमाडौं । नेपालको यू–१९ महिला टोलीले आज (शनिबार) ऐतिहासिक विश्वकप क्रिकेट खेल्दैछ । बंगलादेशविरुद्ध मलेसियाको मैदानमा उत्रँदा नेपाली महिला टोलीले पहिलो पटक विश्वकप खेल्दै  इतिहास रच्न लागेको हो ।

खेल शनिबार दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ । गएको कात्तिकमा युएईमा भएको एसिया छनोट पार गर्दै नेपाली यू–१९ महिला क्रिकेट टोलीले इतिहास रचेको थियो ।

विश्वकपमा छनोट भएपछि गत महिना एसीसी यू–१९ एसिया कपमा पाकिस्तानलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको थियो। त्यसपछि मलेसिया पुगेर अभ्यास खेलेको नेपालले विश्वकप खेल्न लागेको हो ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। यो समूहमा नेपालसँगै बंगलादेश, अस्ट्रेलिया र स्कटल्यान्ड छन्। सुपर–६ मा पुग्नका लागि नेपालले कम्तिमा एक टोलीलाई पराजित गर्नुपर्छ ।

यो विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। दोस्रो संस्करणसम्म आइपुग्दा पहिलोपटक खेल्न लागेको नेपाल समूह ‘डी’मा परेको छ। ​बंगलादेशसँगै भारत र स्कटल्याण्ड पनि नेपालकै समूहमा छन् ।

प्रत्येक समूहबाट समान तीन/तीन टोली सुपर ६ मा पुग्नेछन् । सुपर ६ मा दुई समूह हुनेछन् ।

दुवै समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनल खेल्नेछन् । नेपालले माघ ७ गते स्कटल्यान्डसँग र माघ ९ गते अस्ट्रेलियासँग खेल्नेछ ।

विश्वकप खेल्ने नेपाली टोली
पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा,  रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ ।

प्रकाशित मिति : शनिबार, ५ माघ २०८१ १०:३४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ