सोताङमा मालपोत तथा नापी सेवा विस्तार हुँदै, कोशीपारीका सेवाग्राही लाभान्वित

सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकामा मालपोत तथा नापी सेवा विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ । मिति २०८२ असार ७ गते जिल्ला प्रशासन कार्यालयमा नापी शाखा प्रमुख, मालपोत साथै जिल्लाका सम्पुर्ण राजनीतिक दल तथा जनप्रतिनिधिहरूको बैठकबाट निर्णय हुने महाकुलुङ गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुलुङले जानकारी दिनुभयो ।
सेवा प्रवाह आगामी श्रावण महिनादेखि सोताङ गाउँपालिकाबाटै शुरु हुनेछ । मालपोत र नापी सोताङ गाउँपालिकाबाट सुचारु भएपछि कोशीपारीको महाकुलुङ र सोताङ गाउँपालिकाका नागरिकले सोसम्बन्धी कामका लागि सल्लेरीसम्म धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ ।