Logo

दामान घुम्न आएका आठ जना भारतीय पर्यटकको मृत्यु


काठमाडौं । मकवानपुरको सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमामा बेहोस अवस्थामा भेटिएका ८ जना भारतीय नागरिकको मृत्यु भएको छ। अचेत अवस्थामा भेटिएपछि मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएका सबैजनाको मृत्‍यु भएको हो ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएका आठैजनाको मृत्यु भएको अस्पतालका मार्केटिङ एक्ज्युकेटिभ रोशन अधिकारीले जानकारी दिए। मकवानपुरमा आठ भारतीय अचेत, हेलिकप्टरबाट काठमाडौं लगियो अहिले मकवानपुर प्रहरीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ।

‘दुईजना बस्नुपर्ने कोठामा आठजना बसेका र उनीहरुले अत्याधिक मदिरा सेवन गरेको खुलेको छ। १५ जनाको समूह दामान पालुङ घुम्न आएको र एउटा कोठामा सातजना अर्कोमा आठजनाले रात बिताएका थिए।

मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीका अनुसार मंगलबार राति १ बजेको समयमा होटलको रिसेप्सनमा बसेकालाई थर्काएर कोठामा ग्यास सिलिण्डर लगेर बालेका थिए। झ्याल थुनेर ग्याँस हिटर बालेका कारण उनीहरुको ज्यान गएको हुनसक्ने प्रहरीले आंकलन गरेको छ।

प्रकाशित मिति : मंगलवार, ७ माघ २०७६ १५:१५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ