Logo

माप्य दुधकोशी गाउँपालिकाभित्रका माविमा विद्युतीय हाजिरी सुरु


सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाले माध्यमिक विद्यालयमा विद्युतीय हाजिरी प्रणाली सुरु गरेको छ । गाउँपालिकाको शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अघि बढाएको विद्युतीय हाजिरी खास्तापको हिमालय माध्यमिक विद्यालयबाट शुक्रबार परिक्षणसहित उद्घाटन गरिएको हो ।

आर्थिक वर्ष २०७५र०७६ मा विनियोजित बजेटमार्फत गाउँपालिकाभित्र रहेका ५ वटा माध्यमिक विद्यालयमा विद्युतीय हाजिरी जडान गरिएको हो । योसँगै अब बासाखाली मावि (राप्छा), जुभिङ मावि (जुभिङ), सगरमाथा मावि (वाकु) र काँकु मावि (भेडाचौर)मासमेत विद्युतीय हाजिरी जडान गरिदैछ ।

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले विद्युतीय हाजिरी प्रणालीले शैक्षिक सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षबाट गाउँपालिकाभित्र रहेको ४३ वटै विद्यालय तथा गाउँपालिका, वडा कार्यालय र गाउँपालिका अन्तरगतका सरकारी तथा स्वास्थ्य संस्थामासमेत विद्युतीय हाजिर जडान गरिने बताउनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष जुनितामाया मगरले अब पालिकाले हाजिरको आधारमा तलब सुविधा उपलब्ध गराउने भन्दै त्यसको अनुगमनमासमेत ध्यान दिने बताउनुभयो ।

विद्युतीय हाजिरीले शिक्षकको नियमिततामा सुधार हुनुका साथै विद्यालयको शैक्षिक गुणस्तरमासमेत सुधार हुने विश्वास गाउँपालिकाको छ ।

प्रकाशित मिति : शनिबार, ३ फाल्गुन २०७६ १५:५५
प्रतिक्रिया दिनुहोस्