Logo

कमिसन मागेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीले मागे बाँस्कोटाको राजीनामा


काठमाडौं। प्रधामन्त्री केपी ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा गराउने भएका छन् । सेक्युरिटी प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि प्रधामन्त्री ओलीले बाँस्कोटालाई राजीनामा गराउने भएका हुन् ।

स्वीस कम्पनीका एजेन्टसंँग कमिसनको बार्गेनिङ गरेको अडियो टेप बाहिर आएको छ ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटालाई प्रधानमन्त्रीले आजै राजीनामा गराउन लागेको बालुवाटार स्रोतले बताएको छ ।

हिजो राती बाँस्कोटाको कमसिन मागेको अडियो टेप सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : बिहीबार, ८ फाल्गुन २०७६ ११:५८
प्रतिक्रिया दिनुहोस्