Logo

सोलुखुम्बु र सुनसरी उपाधिका लागि भिड्दै, समापनका लागि मुख्यमन्त्री राई सोलु आउँदै


सोलुखुम्बु समाचार/सोलुखुम्बुमा जारी तेश्रो मदन स्मृति पुरुष भलिबलको उपाधिका लागि आज शनिबार सोलुखुम्बु र सुनसरी भिड्दैछन् । योङ्ग स्टार क्लवको खेल मैदानमा जारी प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार उपाधि दाबेदार झापालाई हराउँदै सोलुखुम्बु फाइनलमा प्रवेश गरेको हो ।

यस्तै भोजपुरलाई सोझो सेटमा पराजित गर्दै सुनसरीले सोलुखुम्बुसँगको फाइनल भिडन्त पक्का गरेको हो ।

प्रतियोगिताको तेश्रो स्थानका लागि भोजपुरले झापाको सामना गर्नेछ । तेश्रो स्थानको लागि खेल विहान ९ बजेदेखि शुरु हुने आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी सोलुखुम्बुका अध्यक्ष दिपक राजभण्डारीले जानकारी दिए ।

प्रतियोगिताको समापन कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यता रहने छ । मुख्यमन्त्री राईका साथमा प्रदेश १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङसमेत समापन कार्यक्रममा सरिक हुनुहुनेछ ।

यस्तै प्रदेश सभा सदस्य तथा नेकपा प्रदेश नम्बर १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्य उत्तमकुमार बस्नेत पनि समापन कार्यक्रममा उपस्थित हुनु हुने आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी सोलुखुम्बुका अध्यक्ष दिपक राजभण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : शनिबार, १० फाल्गुन २०७६ ०९:१६
प्रतिक्रिया दिनुहोस्