Logo

प्रदेश नम्बर १ लाई खेलकुदको राजधानी बनाउने मुख्यमन्त्री राईको उदघोष


सोलुखुम्बु । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सोलुखुम्बुको सदरमुकाम पुगेर प्रदेशलाई खेलकुदको राजधानी बनाउने उदघोष गर्नुभएको छ । मदन भण्डारी स्पोस्र्ट एकेडेमीद्वारा आयोजित प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले १ नम्बर प्रदेशलाई खेलकुदको राजधानी बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभएको हो ।

खेलकुदले स्वास्थ्य र अनुशासनसँगै सामुहिक भावनाको विकास, भाईचाराको सम्बन्ध स्थापित गर्ने मुख्यमन्त्री राईले बताउनुभयो ।

खेलकुदको विकासका लागि सबै पक्षले खेलमैत्री वातावरण बनाउने पर्नेमा मुख्यमन्त्री राईले जोड दिनुभएको छ ।

प्रदेश नम्बर १ अन्तर्गतको १४ मध्ये १३ वटा जिल्लाबाट खेलाडीहरुको सहभागिता रहेको उक्त कार्यक्रमको समापनमा १ नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, सोलुखुम्बुका प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, नेकपा जिल्ला अध्यक्ष मानविर राई, जिल्लाका विभिन्न राजनितिक दलका नेताहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको उद्घाटन भने सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हेमकुमार राईले गर्नुभएको थियो ।

प्रकाशित मिति : शनिबार, १० फाल्गुन २०७६ १८:०५
प्रतिक्रिया दिनुहोस्