Logo

नेकपा सोलुखुम्बुद्वारा ४५ सदस्यीय सचिबालय गठन (नामावलीसहित)


नेपाल कम्युनिस्ट पार्टी(नेकपा) जिल्ला कमिटी सोलुखुम्बुले ४५ सदस्यीय सचिबालय गठन गरेको छ ।  शुक्रबार सम्पन्न दोस्रो पूर्ण बैठकले पूर्व एमालेको तर्फबाट २४ र पूर्व माओवादीबाट २१ सदस्य रहने गरी सचिवालय गठन गरेको हो ।

बैठकले प्रदेश १ को खेलकुद बोर्डको सदस्य सचिवको रुुपमा पार्टीका जिल्ला कार्यालय सदस्य हर्क बहादुर राईलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

नेकपा केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज हेमकुमार राई (सुरविर)को प्रमुख आतिथ्य र नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राईको अध्यक्षतामा सम्पन्न बैठकले बिभिन्न एजेण्डामाथि छलफल गरेको थियो।

 

प्रकाशित मिति : शनिबार, १७ फाल्गुन २०७६ १६:२२
प्रतिक्रिया दिनुहोस्