Logo

हिमाल आरोहण पुरै बन्द, विदेशी आरोहीलाई स्वदेश फर्काइदै


काठमाडौं । बिभिन्न मुलुकमा महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण थप फैलिन नदिन हिमाल आरोहण बन्द गरिएको छ । बिहीबार उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले वसन्त ऋतुका लागि पर्वतारोहण गर्ने गरी सन् २०२० को जारी अनुमति वा जारी गरिने अनुमति हाललाई स्थगित गर्ने निर्णय गरेसङ्गै पर्वतारोहणका लागि नेपाल आएका विदेशीहरुलाई स्वदेश फिर्ता पठाइने भएको छ।

पर्यटन विभागले समेत सूचना जारी गरी सबै अनुमति हाललाई स्थगित गरेको जानकारी गराएको छ। पर्यटन विभागका निर्देशक मिरा आचार्यले हालसम्म जारी भएका पाँच टिमको अनुमति स्थगित गरिएको बताइन्।

उनका अनुसार मार्च १२ सम्म पाँचवटा टिमले अनुमति लिएका छन् । अहिले भएका पर्वतारोही कुन अवस्थामा छन् बुझेर सकेसम्म फिर्ता पठाउने उनले बताइन्। ‘एजेन्सीसँग समन्वय गरी अनुमति लिई हिमाल आरोहण गरिरहेका पर्वतारोहीलाई फिर्ता बोलाई स्वदेश पठाउने तयारी गर्छौं’, उनले भनिन्।

हिमाल आरोहणको लागि पर्यटन विभागमा ५ टोलीका १३ जनाले अनुमति लिएका छन्। जसमा अमादाबलममा ३ जना, चुकिइमा गोमा २ जना, पवुक खांगमा ३ जना, जर्काया पिकमा ३ जना, थोराङ पिकमा २ जना गरी १३ जनाको ५ टोली रहेको छ।

जसबाट ४ लाख २५ हजार रोयल्टी विभागले उठाएको थियो। गत वर्ष वसन्त ऋतुमा (अप्रिल २१) सम्म विभागबाट ९३ टिमका ७ सय ७८ जनाले आरोहण गरेका थिए। जसबाट विभागले ४८ करोड ३० लाख रोयल्टी उठाएको विभागको तथ्यांकले देखाएको छ।

नेपाल पर्वतारोहण संघले(एनएमए) गाइड, बेस क्याप्मसम्म पुग्ने पोर्टर, होटल, माउन्टेनरिङ कम्पनीलाई प्रत्यक्ष असर पर्ने बताएको छ।

एनएमएका प्रशिक्षण समितिका संयोजक तथा माउन्टेन गाइड तुल्सिङ गुरुङले पर्वतारोहणको लागि नेपालमा १५ सय गाइड, करिब ३ हजार बढी पोर्टरले यो सिजनमा रोजगारी गुमाउने बताएका छन्। उनले त्यसको अलावा अप्रत्यक्षरुपमा होटल, यातायात, स्थानीय जनतालाई असर पुग्ने बताए।

ट्राकिङ एसोसिएसन अफ नेपालका प्रथम उपाध्यक्ष चोलेन्द्र बहादुर कार्कीले पर्वतारोहणका सबै अनुमति बन्द गर्दा ट्रेकिङ एजेन्सीसहित १८ हजार बढी ट्रेकिङ गाइडको ८० प्रतिशत काम बन्द हुने बताउँछन्।

प्रकाशित मिति : शनिबार, १ चैत्र २०७६ १५:४८
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ