प्रकाशसिंह कार्कीद्धारा उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेद्धारी
काठमाडौं । नेपाल फ्रेट फर्वार्ड्स एसोसिएसनका केन्द्रीय अध्यक्ष तथा सफल व्यवसायी प्रकाशसिंह कार्की नेपाल उद्योग वाणिज्य महासंघ ९एफआईसीसी०को आसन्न निर्वाचनका लागि केन्द्रीय सदस्यमा उम्मेद्धारी दिनुभएको छ ।
कार्कीले वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल समूहबाट बस्तुगतर्फको सदस्य पदमा उम्मेद्धारी दर्ता गराउनुभएको हो । कार्की महासंघको यसअघि एसोसिएट सदस्यमा निर्वाचित भएर काम गरिरहनुभएको छ ।
कोरोना कहरका कारण थलिएको अर्थतन्त्रको नीतिगत सुधारमा सरकारलाई दिशानिर्देश गर्नका लागि ढकाल समूहले जित्नुको विकल्प नरहेको प्रतिक्रिया कार्कीको छ ।
ढकाल समूहबाट वस्तुगततर्फ केन्द्रीय सदस्यमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, भक्त हमाल, सुवोधकुमार गुप्ता, सुमित केडिया, रवीनकुमार श्रेष्ठ र नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
जिल्ला नगरतर्फबाट पनि ढकाल समूहबाट आजै अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामिया लगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ । सो समूहबाटै राजन श्रेष्ठ, बोधनाथ दुवाडी, कमल श्रेष्ठ, नन्दलाल वैश्य, सुरकृष्ण वैद्यलगायतको उम्मेदवारी दर्ता भइसकेको छ ।
यसैगरी एशोसिएट्सतर्फ अजित बस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट् थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीलगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
गत चैत अन्तिममा हुनुपर्ने महासंघको ५४औं साधारणसभा कोरोना भाइरसका कारण सरेर आगामी मंसिर ११,१२ र १३ गते काठमाडौंमा हुँदैछ ।