Logo

सोलुखुम्बुमा पनि नेकपा विभाजित, दुई पक्षबीच विज्ञप्तीबाजी


सोलुखुम्बु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद सोलुखुम्बु जिल्लामा पनि देखिन थालेको छ । केन्द्रकै जसरी सोलुखुम्बु जिल्लामा पनि केपी ओली पक्ष र प्रचण्ड माधव नेपाल पक्षले छुट्टाछुट्टै गतिविधि अघि बढाएका हुन् ।

यसैबीच, प्रचण्ड–नेपाल समुहले प्रधामन्त्री केपी शर्मा ओलीले असंवैधानीक र अलोकतान्त्रिक तरिकाबाट प्रतिनिधि सभा विघठन गरेको विरोधमा २०७७ पुस १४ मा सल्लेरीमा प्रदर्शनको तयारी गर्दैछ । नेकपा सोलुखुम्बुका सचिव गोम्बु शेर्पा (कज्र्याङ) का अनुसार पार्टीले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्नेगरी तय गरेको कार्यक्रमअन्तर्गत सल्लेरीमा विरोध प्रदर्शन गर्ने तयारी गरेको हो । उहाँले पार्टी सम्बद्ध जनबर्गीय संगठनमा संगठित सबै नेता कार्यकर्तालाई कार्यक्रममा उपस्थितिका लागि अनुरोधसमेत गर्नुभयो ।

तर, त्यसलाई रोक्नको लागि केपी शर्मा ओली पक्षको तर्फबाट एक प्रेस विज्ञप्ती जारी भएको छ । अध्यक्ष मानवीर राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा जिल्लामा पार्टीको कुनै पनि कार्यक्रम नरहेको भनेपछि त्यसको काउन्टरमा प्रचण्ड नेपाल पक्षको तर्फबाट सचिव कज्र्याङद्धारा हस्ताक्षरित अर्को विज्ञप्ती जारी भएको छ । उक्त विज्ञप्तीमा कार्यक्रमबारे भ्रम फैलाउने दुस्प्रयास भइरहेको भन्दै त्यस्तो भ्रममा नपरी ओलीको असंवैधानिक कदमको विरुद्धमा गरिने प्रदर्शनमा सहभागी हुन अपिल गरिएको छ ।

प्रकाशित मिति : मंगलवार, १४ पुष २०७७ ०५:३०
प्रतिक्रिया दिनुहोस्