Logo

केटु हिमालमा कीर्तिमान राख्ने आरोहीलाई सरकारबाट पदक


केटु हिमालमा कीर्तिमान राख्ने नेपाली आरोहीलाई सरकारले पदक घोषणा गरेको छ । बालुवाटारमा आरोहीहरुलाई कदरपत्र प्रदान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पदक दिने घोषणा गरेका हुन् ।

नेपाली आरोहीटोलीले पहिलो पटक शिशिर ऋतुमा केटु हिमाल (८,८११ मिटर) को सफल आरोहण गरी विश्वकीर्तिमानी राखेका छन् । मिङमा ग्यावु शेर्पा सहितको नेपाली आरोही टोलीले पाकिस्तान स्थित विश्वको दोस्रो उच्च शिखर केटु हिमाल जनवरी १६ मा सफल आरोहण गरेका थिए।

प्रधानमन्त्री ओलीले नेपालीले गरेको शाहासिक काम अरुले गर्न नसक्ने भन्दै सबै आरोहीलाई धन्यवाद र शुभकामना समेत दिए । विश्वलाई चिनाउन सफल भएको भन्दै आरोहीहरु मिङ्गमा ग्याबु शेर्पा सहित निर्मल पुर्जा, मिङमा ग्याल्जेन शेर्पा, पेम्पाछिरी शेर्पा, दावा शेर्पा, ग्याल्जे शेर्पा, सोना शेर्पा, किली पेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र पेमछिरी शेर्पालाई पदक दिने भएको हो ।

केटुको सफल आरोहण गरी फर्किएका नेपाली पर्वतारोहण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

१० जना नेपाली पर्वतारोही टिमले विश्वको दोस्रो सबैभन्दा अग्लो हिमाल केटु आरोहण गरेर विश्व रेकर्ड बनाएका थिए । उनीहरुले ८ हजार ६ सय ११ मिटर अग्लो हिमाल आरोहण गरेका हुन् । केटु हिमाल अहिलेसम्म हिउदयाममा कसैलेपनि आरोहण गर्न सकेका छैनन् ।

पाकिस्तान र चीनको सीमामा रहेको यो हिमाल काराकोरम पर्वत श्रृांखलामा पर्दछ । केटु ८ हजारभन्दा बढी उचाइ रहेका विश्वका १४ हिमालमध्ये एक हो । सर्वोच्च शिखर सगरमाथाभन्दा २३७.८६ मिटर कम उचाइ रहेको छ ।

प्रकाशित मिति : मंगलवार, १३ माघ २०७७ १४:०६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ