एमालेका ७ प्रदेशका नयाँ इन्चार्ज यी हुन् !
काठमाडौं । नेकपा एमालेले सातवटै प्रदेशका इन्चार्ज तोकेको छ । केन्द्रीय कमिटी बैठकले सोमवार इन्चार्ज तोकेका हो ।
जसअनुसार प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे चयन भएका छन् ।
प्रदेश २ मा रघुवीर महासेठ, वागमतीमा काशिनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट छन् ।
यसैबीच, एमालेको कार्यविभाजन भएको छ ।
केपी ओली : समग्र पार्टी
ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान
युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ
अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय
रामबहादुर थापा बादल : राष्ट्रिय सुरक्षा
विष्णु पौडेल : पार्टी संगठन अनुगमन
सुवास नेम्वाङः ससदिय अनुगमन
सुरेन्द्र पाण्डेः राजकीय मामिलाको जिम्मेवारी
महासचिव : समग्र पार्टी
प्रदीप ज्ञवाली : स्कुल विभाग
पृथ्वीसुब्बा गुरुङ : प्रचार विभाग
विष्णु रिमालः आर्थिक लेखा लगायत
स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख : योगेश भट्टराई
कार्यालय सचिव : भीष्म अधिकारि
संगठन विभाग : खगराज अधिकार