Logo

देउसामा वडास्तरीय भलिबल प्रतियोगिता सुरु, महिला र पुरुष गरी ४० टिम प्रतिस्पर्धामा


अर्जुन खालिङ राई
सोलुखुम्बु, १ पुस । सोलुखुम्बुको देउसामा वडास्तरीय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता बुधबारबाट सुरु भएको छ । नेकपा (माओवादी केन्द्र)निकट वाइसीएल नेपाल र अनेरास्ववियु (क्रान्तिकारी), देउसाको संयुक्त आयोजनामा सुरु भएको सो प्रतियोगितामा ४० टिम प्रतिस्पर्धामा उत्रने छन् ।

कार्यक्रम संयोजक दिपक किरातीकाअनुसार महिलातर्फ १३ टिम र पुरुषतर्फ २७ टिम गरी जम्मा ४० टिमले टिम दर्ता गरेको खेल आजबाटै खेल सुरु गरिएको हो । प्रतियोतितामा समान पुरस्कार राशी घोषणा गरिएको छ ।

प्रतियोगीतामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने टिमले ५० हजार, ३० हजार, २० हजार र १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।

कार्यक्रमको उद्घाटन संघीय सांसद हेमकुमार राई (सुरबीर)ले गरेका हुन् । भलिबल प्रतियोगितासँगै देउसा सिङ्गिङ आइडल र देउसा डान्स स्टारसमेत आयोजना गरिनेछ । पुस ३ सम्म चल्ने प्रतियोगीता अवधिभर स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने छन् ।

प्रकाशित मिति : बिहीबार, १ पुष २०७८ १९:०५
प्रतिक्रिया दिनुहोस्