Logo

गोरखा १ मा पर्यटन ब्यबसायी राजेन्द्र बजगाईं विजयी


गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण बस्नेतलाई फराकिलो मतान्तर १६ हजार ६४३ मतले पराजित गर्दै बजगाईं विजयी भएका हुन् ।

बजगाईंले ३३ हजार ४२८ मत ल्याउँदा बस्नेतले १६ हजार ७८५ मत मात्र प्राप्त गरेका छन् । सो क्षेत्रमा कुल ६० हजार २८२ मत खसेको थियो ।

सफल पर्यटन ब्यवसायीसमेत रहेका बजगाईं २०७४ सालको निर्वाचनमा बस्नेतसँग प्रदेशसभा सदस्यमा हारेका थिए ।

यसपटक भने वाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेद्वार बनेर बस्नेतलाई भारी मतान्तरले हराएका हुन् ।

प्रकाशित मिति : शुक्रबार, ९ मंसिर २०७९ १०:४२
प्रतिक्रिया दिनुहोस्