Logo

माप्य दुधकोशी गाउँपालिकाद्वारा साढे ३८ करोड बजेट विनियोजन, पर्यटन र ठूला आयोजना प्राथमिकतामा


सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि साँढे ३८ करोड रुपैयाँ बराबरको बजेट पारित गरेको छ । ‘पर्यटन र कृषि: समुन्नत र खुशी माप्य दुधकोशी’ भन्ने नारासहित ३८ करोड ५२ लाख १८ हजार आठ सय रुपैयाँ बराबरको प्रस्तुत बजेट आइतबार सम्पन्न गाउँ सभाबाट अनुमोदन गरिएको हो । 

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा भएको सभामा पालिका उपाध्यक्ष गौरव राईले संघिय समानीकरण अनुदान तर्फ १० करोड ४ लाख संघिय शसर्त अनुदान १५ करोड ५८ लाख, विशेष अनुदान १ करोड १० लाख प्रदेश अनुदान ६२ लाख २४ हजार लगायतका शिर्षकको आय प्रस्तुत गर्नु भएको हो । उपाध्यक्ष राईले प्रस्तुत गरेको नीति कार्यक्रम तथा बजेटमा पर्यटन, खानेपानी, गाउँपालिकाको गौरवका आयोजना तथा कृषि क्षेत्रलाई प्राथमिक्ता दिईएको छ ।

स्थानीय उत्पादन बढावा, उद्यमशिलता प्रवर्द्धन, रोजगार तथा स्वरोजगार सिर्जना गर्दै गाउँपालिकाको दीर्घकालिन विकासका लागि पर्यटन पूर्वाधार निर्माण एवं प्रवर्द्धनात्मक गतिविधिलाई बजेटको प्राथमिकतामा राखिएको छ ।

जसअन्तर्गत पदमार्ग रुट निर्माण तथा साँस्कृतिक, धार्मिक एवं पर्यटकीय गतिविधिका लागि आवश्यक भौतिक संरचना निर्माण, होमस्टे तथा गोठस्टे कार्यक्रम, गाउँपालिकालाई आधार बनाएर अन्तर्राष्ट्रिय स्नतरको म्याराथन कार्यक्रम सञ्चालन, गाउँपालिकास्तरीय पर्यटन सूचना केन्द्र, पर्यटन सेल्टर व्यवस्थापन, क्नोयानोनिङ तथा रकक्लाईम्बिङलगायतको सम्भाव्यता अध्ययन तथा संरचना निर्माणलाई आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

त्यस्तै विभिन्न चरणमा काम भइरहेका गाउँपालिकाको ठूलो आयोजनाहरु बुद्ध पार्क, चिण्डो पार्क, महादेव पार्क, रंगशाला, ठानेखोला खानेपानी, सडकहरुको स्तरोन्नतिलगायतको कामलाई अघि बढाउन बजेटको व्यवस्था गरिएको छ ।

कृषि क्षेत्रको विकासका लागि पनि कार्यक्रम ल्याईएको छ ।कृषि उपज तथा पशुपालनलाई उचित बजेट व्यवस्था गरिने, मेरो रोजाइ मेरो सिकाइ कार्यक्रम विद्यालयमा लागू गर्ने, शिक्षण सिकाइ डिजिटल बनाइने, खाने पानीको उचित व्यवस्थापन गर्ने गाउँपालिका उपाध्यक्ष गौरव राईले प्रस्तुत गर्नुभएको बजेटमा उल्लेख छ । 

शिक्षा र स्वास्थ्यलाई पनि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी प्रत्येक वडामा सम्भावनाअनुसारको कृषिजन्य उत्पादनलाई बढावा दिने गरी घोषणा गरिएको छ । सो कार्यक्रमअन्तर्गत वडा नं. १ मा किवी, वडा नं. २, ५ र ७ मा जडिबुटी सम्भाव्यता अध्ययन तथा प्रशोधन केन्द्र स्थापनार्थ अघि बढ्ने, वडा नं. ३ मा तोरी खेतीसँगै मौरी पालन, वडा नं. ४ मा फलफूल, वडा नं. ६ मा कफी चिया उत्पादनको लागि काम गर्नेगरी नीति तथा कार्यक्रममा जोड गरिएको छ ।

प्रकाशित मिति : आईतवार, १० असार २०८० २३:२९
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ