Logo

वाङ्छु पिक क्लाइम्बिङ प्रतियोगिताको उपाधि राई र तामाङलाई


काठमाडौँ । मुसा मसला एन्ड वाङ्छु पिक ओपन लिड क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि तेन्जिङ राई र पञ्चमाया तामाङले जितेका छन् । तेन्जिङ पुरुष र पञ्चमाया महिलामा च्याम्पियन भएका हुन् ।

काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरको आयोजना तथा अमेरिकन संस्था मुसा मसला र नेपालमा सञ्चालित वाङ्छु पिक प्रमोशन प्रालिको मुख्य प्रायोजनमा काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा शनिबार सो प्रतियोगितामा सञ्चालन गरिएको हो ।

तेन्जिङले ८० अंक स्कोर जोड्दै २० हजार र गिफ्ट ह्याम्पर पाए । ५६ अंकसहित दोस्रो भएका साजन लामाले १० हजार र २० अंकसहित तेस्रो भएका रौनक उप्रेतीले ५ हजार रुपैयाँ पुरस्कार पाए ।

पञ्चमायाले २० हजार, दोस्रो भएकी स्वस्तिका चौधरीले १० हजार र तेस्रो भएकी सिर्जना तामाङले ५ हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर पुरस्कार पाए ।

महिलातर्फ १४ र पुरुषतर्फ २० खेलाडीले भाग लिएका थिउ । त्यसमा तीन विदेशी थिए ।

वाङ्छु पिक प्रमोशन प्रालिकी प्रमुख तथा यूवा पर्यटन व्यवसायी लाक्पा शेर्पाले प्रतियोगिताबाट साहासिक खेलकुदको माध्यमबाट मुलुकको पर्यटन प्रवद्र्धन र विकासमा टेवा पुग्ने उल्लेख गर्दै यसलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको छ ।

प्रतियोगिताको प्राविधिक सहयोगका साथै निर्णायक मण्डलको रुपमा नेपाल राष्टिय पर्वतारोहण पथ प्रदर्शक संघ (एनएनएमजीए)ले रहेको थियो ।

इटालियन ब्राण्ड (एससीएआरपीए), ब्लयाक डाइमण्ड, बीईएएल, क्यासल एसजी, टोकियो पाउडर ईन्डस्टिज, इन्फिनिटी वेयर, बज्र फिटनेस, पांग्रो एण्ड पेरिविंकल सर्भिसलगायतको प्रतियोगितामा प्रायोजन रहेको थियो ।

त्यस्तै फ्रान्समा अवस्थित सुपर क्लाइम्बिङ प्रतियोगिताको कन्टिव्यूसन प्रायोजक रहेको छ भने ल्याण्डमार्क होट एण्ड रिसोर्ट हस्पिटालिटी पार्टनर, स्टार हस्पिटल मेडिकल पार्टनर, भिजन सेक्युरिटी प्रालि सेक्युरिटी पार्टनर रहेको थियो ।

प्रकाशित मिति : शनिबार, २६ फाल्गुन २०८० २३:३०
प्रतिक्रिया दिनुहोस्