Logo

सगरमाथा दिवसको अवसरमा ललितपुर फेस्टिभ अन्तर्गत वाल क्लाईम्बिङ सम्पन्न


काठमाडौं। सगरमथा दिवसको अवसरमा ललितपुर क्लाइम्बिङ फेस्टिव अन्तर्गत वाल क्लाईम्बिङ प्रतियोगिता सम्पन्न भएको छ ।

सन् १९५३ को मे २९ तारिखमा एडमण्ड हिलारी र तेन्जिङ शेर्पाले सगरमाथा हिमालको सफल आरोण गरेको सम्झना प्रत्येक वर्ष २९ मेमा सगरमाथा दिवस मनाउने गरिएको छ ।

ललितपुर महानगरपालिकाको १००औं स्थापना दिवशको गौरवशाली योजना र कार्यक्रम अन्तर्गत ललितपुर महानगरपालिकाले विश्वकीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनलाई ललितपुरको लोगो अंकित झण्डा विश्वको सर्वोच्च शिखरमा फराउने दायित्वसहित आर्थिक सहयोग गरेको थियो । सोहि क्रममा आरोही महर्जनले सफलता पूर्वक सगरमाथा आरोहण गरी ललितपुर महानगरपालिकाको लोगो अंकित झण्डालाई सगरमाथामा फहर्याएको सम्झना साथै विश्व सगरमाथा दिवश मनाउने क्रममा ललितपुर महानगरपालिका वडा नं. २६ को बाल अधिकार समितिले आफ्नो बालबालिकाहरुलाई स्पोर्टस क्लाइम्बिङ खेल अन्तर्गत परिचायात्मक कार्यक्रमसमेतको आयोजना गरेको छ ।

धुम्बाराहीमा रहेको पासाङ ल्हामु क्लाइम्बिङ सेन्टरमा बाल बालिकाले वाल क्लाइम्बिङ गरेर सगरमाथा दिवश मनाएका छन् । ललितपुर क्लाइबिङ फेस्टिवको नाममा विश्वकिर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनको प्राविधिक सहयोगमा ललितपुर जिल्लाका तिनवटै निकाय ललितपुर महानगरपालिका वडा नं. २६ बाल अधिकार समिति, महालक्ष्मी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले १/१ जना छात्र र छात्रा गरेर नगरपालिका अन्तर्गत प्रत्येक सामूदायिक विद्यालयका विद्यार्थीहरुलाई १ दिने परिचायात्मक क्लाइम्बिड कार्यक्रमको समेत आयोजना गरेको थियो ।

त्यस्तै गोदावरी नगरपालिका वडा नं. ८ गणेश मावि विध्यालय व्यवस्थापन समिति लगायतले फरक फरक दिनमा कार्यक्रमको आयोजना गर्दै सगरमाथा दिवश मनाइरहेको छ । सगरमाथा दिवस मनाउने क्रममा आज ललितपुर क्लाइम्बिङ प्रतियोगिता सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा गोदावरी नगरपालिकाको वडा नं. ८ अवस्थित गणेश माविका विद्यार्थीहरुबीचमा भएको थियो ।प्रतियोगितामा ६० जनाले भाग लिएको थियो ।

यस प्रतियोगितामा पुरुषतर्फबाट दिपेश दनुवार प्रथम, अरुण दनुवार द्वितीय  र दिपेन्द्र दनुवार तृतीय भएका छन् । त्यसैगरी महिला तर्फबाट सनशीला तामाङले प्रथम, सरिता (इन्द्र) दनुवारले द्वितीय र मरियम ठोक्करले तृतीय स्थान हाँसिल गर्न सफल भएका छन् ।

विजेताहरुलाई नगदराशी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

विश्वकिर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले सन् २०१९ को सफल सगरमाथा आरोेहण गर्ने क्रममा ३ वटै नगरपालिकाको लोगो अंकित झन्डालाई सगरमाथाको चुचुरोमा आजको दिन फराउन सफल भएको थियो ।

 

प्रकाशित मिति : शुक्रबार, ११ जेष्ठ २०८१ ०६:०३
प्रतिक्रिया दिनुहोस्