Logo

अन्तर्राष्ट्रिय कराँते रेफ्री पर्खी खालिङ राईको जीवनी पुस्तक न्यूयोर्कमा सार्वजनिक


न्युयोर्क । मार्शल आर्ट्स (कराते)का चौथो डिग्री ब्ल्याक बेल्ट तथा अन्तर्राष्ट्रिय रेफ्री पर्खी खालिङ राईको “कराते कहर, सफलता बहार” जीवनी पुस्तक संयुक्त राज्य आमेरिकाको न्युयोर्कमा सार्वजनिक गरिएको छ।

पर्खी खालिङ राई सानै हुँदा बाबाको स्वर्गवास भएपछि आइलागेका कठिन परिस्थिति साथै पढाईबाट बन्चित भएर भेँडा गोठमा अति नै संघर्षमय बाल्यकाल बिताएकादेखि हाल प्राप्त भएको अपार सफलताको यथार्थ समेटिएको उक्त पुस्तक आफ्नै भाई मानवीर खालिङले लेखेका हुन भने डा. लाल श्यॅाकारेलु रापचाले सम्पादन गरेका हुन् ।

पर्खी खालिङ राई हाल अमेरिकी कराते महासंघ अन्तर्गत अन्तर्राष्ट्रिय निर्णायकको रूपमा छन् । उनी संयुक्त राज्य अमेरीकाको विभिन्न राज्यमा निर्णायकको रूपमा कार्यभार सम्हाली सकेका छन् भने संयुक्त राज्य अमेरिका बाहेक अन्य विभिन्न देशमा पनि निर्णायकको भूमिका निभाई रहेका छन्।

उनले आफैले सन्चालन गरेका इन्टरनेशनल मार्शल आर्ट्स एशोसिएसन न्युयोर्कमा आफैले प्रशिक्षणसमेत दिँदै आएका छन् । संयुक्त राज्य अमेरीकामा नेपालीद्वारा संचालित यो नै पहिलो मार्शल आर्ट्स् एशोसिएसन हो।

हाल उनले दैनिक ७० देखी ८० जना प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिइरहेका छन्। उनका प्रशिक्षार्थी मध्यकी केलसाङ लामा सन् २०२१ मा पहिलो नेपाली महिला इन्टरनेशनल मार्सल आर्ट्स एसोसिएसन न्यूयोर्कबाट निर्णायक बनेकी थिइन् भने धेरैजना पुरूषहरू अमेरिकी करातेमा निर्णायक तथा प्रशिक्षकको रूपमा काम गरिरहेका छन् ।

 

मामता खालिङ राईको सभापतित्व, किरात खालिङ राई उत्थान संघ अमेरिका शाखाका अध्यक्ष मकर बहादुर खालिङ राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा न्युयोर्क मेयर कार्यालयका प्रतिनिधि सुक्रानी धान्पत, नेपाल आदिवासी जनजाती महासंघ अमेरीका (फिप्ना)का अध्यक्ष तोरण गुरूङ, युक्रा केन्द्रीय उपाध्यक्ष केसवराम राई, युक्रा पूर्व केन्द्रीय अध्यक्ष प्रभाकर साम्पाङ राई, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, नेपाली समाज अमेरीकाका अध्यक्ष लोक चेम्जोङलगायतको आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा नेपाली कलाकार संघ नर्थ अमेरीकाकी अध्यक्ष तथा युक्रा न्युयोर्क च्याप्टर बरिष्ठ उपाध्यक्ष वसन्ती राई, लोकप्रिय नृत्य निर्देशक तथा युक्रा न्युयोर्क च्याप्टर सल्लाहकार गोविन्द राई, (AD37A) District Leader छेमाङ दोर्जे लामा, (AD30B) District Leader बिष्णु राणा मगर, New York Assembly District-30 District Direct फुर्साङ डोल्मा, गीतकार पद्मा लिँखा, बृहत्तर सूदुरपश्चिम नेपाली समाज अमेरिका इंक-अध्यक्ष टिबी भण्डारी, शेर्पा किदूगका अध्यक्ष टेम्बा शेर्पा, नेपाल आदिवासि जनजाती महासंघ अमेरिकाका सल्लाहकार कुलदिप राना मगर, हामी नेपाली ग्लोबल न्युयोर्क च्याप्टर-अध्यक्ष बिरेन्द्र जंग केसी र हामी नेपाली ग्लोबल अमेरिका च्याप्टर-अध्यक्ष सोभाकान्त पाण्डे लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : बुधबार, ९ श्रावण २०८१ ०८:२१
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ