Logo

पर्यटन बोर्डको पुनर्संरचनाका लागि उपाध्यक्ष सापकोटाको बहस


काठमाडौं । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा (रामप्रसाद)ले बोर्डको पुनर्संरचनाको बहस सुरु गर्नुभएको छ  । सोमबार ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)को ४६ औं वार्षिक साधारण सभा समारोह उहाँले नेपालको पर्यटन प्रवर्द्धनमा बोर्डले काम गर्दै आएपनि समय अनुसार चल्न नसकेको स्वीकार गर्दै अब यसको पुनर्संरचना गरी २१ औं शताब्दीको बोर्ड बनाउने दाबी गर्नुभयो ।

हिजोको मार्केटिङ र संरचनाले काम नगर्ने भन्दै आफ्नो तीन वर्षे कार्यकालमा यसलाई फेर्ने उहाँले बताउनुभयो ।

आफूहरुले बोर्डका गएको ३ महिनामा विगत ४ वर्षदेखि रोकिएको प्रवर्द्धनको कार्यक्रम सुचारु गरेको भन्दै उहाँले यो बीचमा ११ देशमा कार्यक्रम गरेको जानकारीसमेत दिनुभयो । यसले पनि हाम्रो टिमले बोर्डमा सुधार गर्छ भन्ने विश्वास बढाएको दाबी छ ।

भ्याट र अवैज्ञानिक करले पनि नेपाल आउने पर्यटक निरुत्साहित भएको हुँदा यो क्षेत्रमा ५ प्रतिशत पर्यटन ट्याक्स राखेर भ्याट खारेज गर्नुपर्ने सुझाव उहाँको छ ।

प्रकाशित मिति : सोमबार, १७ भाद्र २०८१ १७:५३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ