Logo

पर्यटन विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य: मन्त्री पाण्डे


काठमाडौं भदौ १७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ।

सोमबार राजधानीमा आयोजित ट्रेकिङ ऐजेन्सिज एशोशियसन अफ नेपाल (टान)को ४६ औं वार्षिक साधरणसभा समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ ।

साधरणसभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भन्नुभयो, ‘मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर छ । पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ ।’

मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासमा नागरिक उड्डयनको क्षेत्र प्रभावकारी हुनु पर्नेमा जोड दिनु भयो । उहाँले उड्डयन क्षेत्रमा विश्वास दिलाउन सकेको अवस्थामा मात्रै विदेशी पर्यटकहरू भित्र्याउन सकिने गरि विश्वास दिलाउनु पर्ने बताउनु भयो ।

मन्त्री पाण्डेले नेपालको पर्यटनको विकासमा पर्यटन विकास नीति संस्कृति नीति र हवाई नीति परिमार्जन गर्ने काम भईरहेको बताउनु भयो । उहाँले हवाई क्षेत्र सुरक्षित बनाउनका लागि नियामक र सेवा प्रदायक निकायलाई छुट्टयाउने गरि ल्याएको विधेयक अर्थबाट कानुन मन्त्रालय पुगिसकेको बताउनुभयो।

टानका अध्यक्ष निलहरी बास्तोलाको अध्यक्षतामा काठमाडौं गैरीधारामा अवस्थित एलिस रिसिप्सनमा आयोजित वार्षिक साधारणसभा उद्घाटन सत्र सकिएको छ भने नयाँ नेतृत्व चयनका लागि निर्वाचन अहिले जारी रहेको छ ।

प्रकाशित मिति : सोमबार, १७ भाद्र २०८१ १८:०३
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ