Logo

माप्य-खुम्बु मितेरी पुलको स्थलगत अध्ययनका लागि पुगे जनप्रतिनिधि र विज्ञ टोली, पुनर्निर्माणमा तदारुकता


सोलुखुम्बु, १० कार्तिक २०८१ । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र जोड्ने मुल सडक खण्डअन्तर्गत पर्ने माप्य खुम्बु मितेरी मोटरेवल पुल पुनर्निर्माणका लागि विज्ञ टोलीले स्थलगत अवलोकन अध्ययन गरेको छ । उक्त मोटरेवल पुल गत साउन ३२ गते हिमपोखरी फुटेर आएको थामे बाढिले क्षति पुर्याएको थियो ।

जसका कारण हाल खुम्बुसँगको सिधा यातायात सेवा टुटेको छ भने त्यसबाट खुम्बुवासी मात्रै नभएर त्यस क्षेत्रमा घुम्न जाने हजारौं आन्तरिक तथा वाह्य पर्यटकहरुले आवतजावतमा सास्ती खेप्नुपरिरहेको छ।

शनिबार माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकाका जनप्रतिनिधिसहितको उपस्थितिबीच टोलीले पुलको अध्ययन गरेको हो । 

शनिबार पुल अध्ययनका लागि माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र यादव, वडा अध्यक्षहरु सज्जन राई, अमित राई, चन्द्र बहादुर राई तथा खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पा, इन्जिनियर दीप कुमार बस्नेतसँगै विज्ञहरूको टोली ओर्लाङघाटस्थित मोटरेवल पुल रहेको ठाउँमा पुगेको थियो ।

विज्ञ टोलीको स्थलगत अध्ययनपछि विकल्पसहित पुनर्निर्माण गर्न सकिने आधार तय भएको जनाइएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका र माप्य दुधकोशी गाउँपालिकाको संयुक्त लगानीमा बनेको उक्त पुलको पुनर्निर्माणमा पनि लगानी साझेदारीको लागि दुबै गाउँपालिका तयार भएको बुझिएको छ ।

प्रकाशित मिति : शनिबार, १० कार्तिक २०८१ २१:२१
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ