Logo

खालिङ भाषाको नु (मन)-२ म्युजिक भिडियो सार्वजानिक


काठमाडौँ । खालिङ भाषाको म्युजिक भिडियोसहितको गीत नु (मन)-२ सार्वजनिक भएको छ । गायिका उर्मिला खालिङ र गायक हेमन्त खालिङले स्वर दिएको सो म्युजिक भिडियो मंगलबार रक्षामन्त्री मानबीर राईको हातबाट सार्वजनिक गरिएको हो ।

काठमाडौँको सुकेधारा स्थित नवदुर्गा पार्टी प्यालेसमा आयोजित म्युजिक भिडियो सार्बजनिक कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री राईले खालिङ भाषाको जर्गेनामा गीतले ऐतिहासिक महत्व राख्ने बताए ।

कार्यक्रममा किरात खालिङ उत्थान संघका केन्द्रीय उपाध्यक्ष जय कुमार खालिङ, जिमी राई उत्थान समाज सोलुका अध्यक्ष यस बहादुर राई, थुलुङ राई सामाका केन्द्रीय अध्यक्ष भलाकाजी राई, किरात राई चलचित्रकर्मी संघका अध्यक्ष तथा हाँस्यकलाकार बबिन राई (गल्फने बाजे), किरात खालिङ राई उत्थान संघका सल्लाहकार मानवीर खालिङ, माप्य दुधकोशी गाउँपालिकाका कार्यपालिका सदस्य प्रकाश खालिङ राईलगायतले शुभकामना ब्यक्त गरे ।

कार्यक्रमका वक्ताहरुले खालिङ भाषाको गीत सफलताको शुभकामना दिएका थिए भने नु (मन) भाग ३ को अपेक्षासमेत राखेका थिए ।

कलाकारिताको क्षेत्रबाट किरात खालिङहरुको भाषा, भेषभूषा, सांस्कृतिक पहिचानलाई संरक्षण, संवद्र्धन एवम् प्रवद्र्धन गर्ने उद्देश्यका साथ नु (मन) गीत र भिडियो निर्माण गरिएको गीतका संगीतकार तथा भिडियो निर्देशक निरकुनार खालिङले बताए ।

उर्मिला खालिङको शब्द रचना र निर कुमार खालिङको संगीतमा तयार भएको गीत खालिङ समुदायको थातथलो, जीवनशैली, भाषा भेषभूषा र परिवेश देखाईएको छ भने मुख्यत माया प्रेममा आधारित छ ।

खालिङ समुदायभित्रको संस्कार र संस्कृतिमा आधारित म्यूजिक भिडियो मार्फत भौगोलिक रुपमा टाढा रहेका प्रेमीप्रेमीकाले विगतलाई स्मरण गरेको विषयलाई उठान गरिएको छ ।

गीतमा एरेन्ज कार्साङ लामाको छ । निर कुमार खालिङको निर्देशनमा तयार भएको भिडियोमा तिलक खालिङ (रामरिसलाल), सोनी राई, जिम्बे खालिङ, जुनिता खालिङ, मिलन खालिङ र नुमी खालिङलगायतको मुख्य अभिनय रहेको छ ।

भिडियो छायांकन गंगाराम खालिङले गरेका हुन् भने विक्रम गौतम र राकेश रानापालको श्रृंगार रहेको छ ।

गीतको छायांकन सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको विभिन्न स्थानमा गरिएको थियो ।
प्रकाशित मिति : मंगलवार, १ माघ २०८१ १८:५४
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ