Logo

थुलुङ दुधकोशी अध्यक्ष असिम राईसँग काठमाडौँ विश्वविद्यालयका विद्यार्थी, दिए विकास सञ्चारसम्बन्धी लेक्चर


सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले काठमाडौँ विश्वविद्यालयको स्कूल अफ आर्ट अन्तर्गतको भाषा तथा आमसञ्चार विभागको स्नातक तहका विद्यार्थीहरुलाई विकास सञ्चार सम्बन्धी प्रशिक्षण गर्नुभएको छ ।

शुक्रबार काठमाडौँ विश्वविद्यालयको स्कूल अफ आर्ट अन्तर्गतको भाषा तथा आमसञ्चार विभागको स्नातक तहको तेस्रो वर्षका विद्यार्थीहरुलाई Bridging Theory and Practicem Insights into Development Communication in Nepali’s Local Governance शीर्षकमा प्रशिक्षण गर्नुभएको छ ।

नेपालको स्थानीय शासन, विकास, सम्भावना र चुनौती विषयमा आफ्नो अन्तर दृष्टि सहित प्रशिक्षण गर्नुभएको जनाइएको छ । विकास सञ्चारसँगको आफ्नो व्यवहारिक ज्ञान, सिकाई, अनुभव र धारणाले विद्यार्थीहरुको आफ्नो ज्ञानको दायरा फराकिलो बनाउन मद्दत पुग्ने अध्यक्ष राईले विश्वास व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा विद्यार्थीहरुले देखाएका उत्साहजनक सहभागिताले आफैलाई पनि ऊर्जा र सिकाईको दृष्टिकोणमा राम्रो पाठ पाएको अनुभूति गरेको उल्लेख गर्नुभयो ।

”कार्यक्रममा विद्यार्थी भाईबहिनीहरुले देखाउनु भएको उत्साहजनक सहभागिताले म स्वंयमलाई पनि ऊर्जा र सिकाईको दृष्टिकोणमा राम्रो पाठ पाएको अनुभूति गरेको छु” अध्यक्ष राईले लेक्चरपछि भन्नुभएको छ ”मेरो जेन्जी जेनेरेशनसँगको छलफल र बहसको यात्रा अझै घनीभूत र औचित्यपूर्ण ढंगबाट अगाडि बढिरहने नै छ । नेतृत्वको हरेक कोण, दृष्टिकोण र पहेली केलाउने हुटहुटी सधैं रहनेछ ।”

प्रकाशित मिति : शुक्रबार, ११ माघ २०८१ १७:४६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ