Logo

सम्पर्क अधिकृत अनुस्थापन तालिमका लागि आवेदन खुला, शुल्क पाँच हजार एक सय


काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा ५१औं सम्पर्क अधिकृत अनुस्थापन तालिमका लागि आवेदन खुला गरिएको छ।

यस तालिम आगामी २०७८ चैत २५ देखि चैत ३१ गतेसम्म काठमाडौंको रविभवनस्थित प्रतिष्ठानमा सञ्चालन हुनेछ। तालिम बिहान ७:०० बजे सुरु हुनेछ। इच्छुक उम्मेदवारले २०७८ चैत २२ भित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्ने नाथमले जनाएको छ ।

आवेदन दिनका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, दुईप्रति पासपोर्ट साइज फोटो, स्नातक वा सो सरहको शैक्षिक प्रमाणपत्र, सम्बन्धित मन्त्रालय वा कार्यरत निकायको सिफारिस पत्र, सगरमाथा वा हिमालचुली आरोहण गरेका व्यक्तिहरूका लागि पर्यटन विभागको प्रमाणपत्र र निजामती सेवाका कर्मचारीहरूको हकमा समायोजन प्रमाणपत्र अनिवार्य गरिएको छ ।

तालिमका लागि रु. ५,१०० शुल्क निर्धारण गरिएको छ, जुन सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको खाता नं. ०११०१००००००३६२०१ मा जम्मा गर्न सकिन्छ ।

आवश्यक कागजातसहित भरेको फारम २०७८ चैत २२ भित्र प्रतिष्ठानमा बुझाउनु पर्नेछ ।

नेपालको पर्वतारोहण तथा पर्यटन क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले सञ्चालन गरिने यस तालिमले सम्पर्क अधिकृतहरूलाई आवश्यक सीप र ज्ञान प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ।

प्रकाशित मिति : बिहीबार, २० चैत्र २०८१ ०९:१८
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ