Logo

नेपाल निर्यात परिषदमा डा. थपलिया नेतृत्वको नयाँ कार्यसमिति सर्वसम्मत


काठमाडौं । नेपाल निर्यात परिषदको अध्यक्षमा डा. रामशरण थपलिया निर्वाचित भएका छन् । मंगलबार सम्पन्न परिषदको २८औँ वार्षिक साधारण सभाले डा. थपलियाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

परिषदको निवर्तमान अध्यक्ष नरेशलाल श्रेष्ठ हुन्।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल चयन भएका छन् । महासचिवमा वसन्त राज अधिकारी, कोषाध्यक्षमा राजु बाँनिया, सचिवमा अमृतमान श्रेष्ठ तथा सह–कोषाध्यक्षमा हरिशरण भेटवाल निर्वाचित भएका छन्।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा प्रेमराज नराल, सरस्वती सेढाई त्रिपाठी, प्रविन मान श्रेष्ठ, अमिर बगाले, रामकुमार थपलिया, राम कृष्ण भट्टराई र अनन्त गुप्ता निर्वाचित भएका छन्।

नव–निर्वाचित कार्यसमितिले निर्यात प्रवर्द्धन, अन्तर्राष्ट्रिय बजार विस्तार तथा निजी क्षेत्रको क्षमता अभिवृद्धिमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : बुधबार, २३ पुष २०८२ २०:५५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ