Logo

ग्रेस बचत तथा ऋण सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न


सोलुखुम्बु । ग्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेड (ग्रेस साकोस) तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार माप्य दुधकोशी गाउँपालिकाको खास्तापस्थित गाउँसभा हल सो साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष ज्ञान बहादुर राईको अध्यक्षता, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष गौरब राईलगायतको आतिथ्यतामा सम्पन्न साधारण सभाले संस्थाको विनियम संशोधन, आन्तरिक नीति, कार्यविधि तथा बोर्ड शेयर निर्देशिका, शेयर लाभांशको सम्बन्धमा निर्णय अनुमोदन गरेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्नुका साथै आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति र आगामी वार्षिक बजेट तथा कार्ययोजना सम्बन्धी निर्णयसमेत गरेको छ । 

प्रकाशित मिति : शनिबार, २६ पुष २०८२ २२:४२
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ