Logo

माप्य दुधकोशी विश्वकर्मा एकता समाज गठन, गणेश विश्वकर्मा नेतृत्वको कार्यसमिति चयन


सोलुखुम्बु ४, बैशाख । माप्य दुधकोशी विश्वकर्मा एकता समाज गठन गरिएको छ । विश्वकर्माहरुको एकता र संगठन सुदृढ गर्दै सिंगो समुदायको उत्थान गर्ने उद्देश्यका साथ गणेश विश्वकर्माको नेतृत्वमा संगठन निर्माण गरिएको हो ।

अध्यक्ष विश्वकर्मा माप्य दुधकोशी गाउँपालिकाको केन्द्र खास्तावमा अवस्थित हिमालय माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुनुहुन्छ ।
समाजको कार्यसमितिमा टेक बहादुर विश्वकर्मा, सुर्य विश्वकर्मा, राजन विश्वकर्मा, सन्तु विश्वकर्मा, नारण विश्वकर्मा, गोपाल विश्वकर्मा, शिशिर विश्वकर्मा, पुर्ण बिश्वकर्मा, धन बहादुर विश्वकर्मा सदस्य रहनुभएको छ ।

त्यस्तै विकुमार विश्वकर्माको संयोयोजकत्वमा एक सल्लाहकार समितिसमेत गठन गरिएको छ । उहाँ नाम्चेस्थित हिमालय आधारभूत विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ । सल्लाहकार समितिको सदस्यमा सैकुमार विश्कर्मा, कर्ण बहादुर विश्कर्मालगायत रहनुभएको समाजका एक सदस्यले जानकारी दिनुभयो ।

स्थानीय स्तरमा विश्वकर्मा समुदायका हक अधिकार संरक्षण तथा सामूहिक पहिचान मजबुद बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने दृढ संकल्प लिएर समिति गठन गरिएको नव गठित समाजका अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

समाजले समुदायबीच एकता, सामाजिक सशक्तिकरण, शिक्षा तथा सीप विकासका साथै जातीय एकता कायम गर्दै विभिन्न क्षेत्रमा कार्य गर्ने लक्ष्य लिएको बताइएको छ । गाउँपालिकाको कुल जनसंख्याको करिब ५ देखि ८ प्रतिशत विश्वकर्मा समुदायको बसोबास रहेका छन् ।

विश्वकर्मा समुदायको उत्थान र सशक्तिकरणका लागि भरखरै मात्र माप्य दुधकोशी गाउँपालिका सरकारले पुरोहित (पुजारी) तालिम सम्पन्न गरेको थियो ।

 

प्रकाशित मिति : शुक्रबार, ४ बैशाख २०८३ ०९:१६
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ