एमएमए अध्यक्ष र किर्गिज गणतन्त्रका नवनियुक्त निर्देशक कुबाटोबीच भेटवार्ता
काठमाडौं / नेपाल पर्वतारोहण संघ (एमएमए) का अध्यक्ष फुर गेल्जे शेर्पा नेतृत्वको टिम र किर्गिज गणतन्त्रको पर्यटन एजेन्सीका नवनियुक्त निर्देशक एडुआर्ड कुबाटोबीच भेटवार्ता भएको छ ।
काठमाडौंमा शुक्रबार भएको भेटवार्ताका क्रममा द्विपक्षीय चासोका विभिन्न विषयहरूमा छलफल भएको थियो ।
गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर पर्वतारोहीसमेत रहेका एडुआर्ड किर्गिज गणतन्त्रको मन्त्रिपरिषद सदस्य तथा किर्गिस्तान पर्वतारोहण महासंघको अध्यक्षसमेत हुनुहुन्छ।
उक्त भेटमा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, एनएमएका द्वितीय उपाध्यक्ष बोधराज भण्डारी, सचिव चन्दन थापा तथा कोषाध्यक्ष सुमी मोक्तान, कार्यसमिति सदस्य गोकुल थापा, फुरी ग्याल्जेन शेर्पा तथा प्रमुख प्रशासनिक अधिकृत जिनेश सिन्डुराकरगायतको उपस्थिति रहेको थियो ।

