Logo

ट्रेकिङ पर्मिट सार्वजनिक बिदामा पनि जारी हुने, निषेधित क्षेत्रमा पर्यटकले अनिवार्य अनुमति लिनुपर्ने


काठमाडौं । विदेशी पर्यटकका लागि पदयात्रा अनुमति (ट्रेकिङ पर्मिट) अब सार्वजनिक बिदाको दिनमासमेत जारी हुने भएको छ ।

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि पदयात्रा अनुमति सेवामा असर नपरोस् भन्ने उद्देश्यले विभागले सार्वजनिक बिदाको दिनमा पनि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सेवा सञ्चालन गर्ने निर्णय अध्यागमन विभागले गरेको हो। यो निर्णय २०८३ वैशाख २३ गतेदेखि लागू गरिएको विभागले जनाएको छ।

विभागद्वारा जारी प्रेस विज्ञप्तिअनुसार नेपालका १३ जिल्लाका तोकिएका निषेधित क्षेत्रमा पदयात्रा गर्न विदेशी नागरिकले अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । उक्त अनुमति प्रणालीलाई थप सहज, छिटो र प्रविधिमैत्री बनाउन सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत सञ्चालन गरिएको विभागले जनाएको छ ।

विज्ञप्तिमा विदेशी पर्यटकले नेपालको स्वीकृत भिसा नम्बर राखेर वा भिसा आवेदन नपरेको अवस्थामा समेत पदयात्रा अनुमतिका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको उल्लेख छ । साथै, एक जना पर्यटकलाई समेत अनुमति प्रदान गरिने व्यवस्था लागू गरिएको विभागले जनाएको छ ।

विभागले पदयात्रा अनुमति सम्बन्धी सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत हुने भएकाले सेवाग्राही कार्यालयमा उपस्थित हुन आवश्यक नरहेको स्पष्ट पारेको छ। आवश्यक कागजात वा प्राविधिक समस्याका लागि सम्बन्धित शाखामा सम्पर्क गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, केही ट्रेकिङ एजेन्सीहरूले अनुमति नलिई पर्यटकलाई पदयात्रामा पठाउने तथा स्थानीय प्रशासनले पक्राउ गरेपछि मात्र अनुमति प्रक्रियामा आउने गरेको गुनासो समेत विभागले गरेको छ।

यस्ता गतिविधिले नेपालको पर्यटन प्रवर्द्धन र अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर परेको भन्दै विभागले अनुमति लिएर मात्र विदेशी पर्यटकलाई पदयात्रामा लैजान पुनः अनुरोध गरेको छ।

विभागले आगामी दिनमा यस्ता गैरकानुनी गतिविधि दोहोरिए प्रचलित अध्यागमन कानूनअनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ।

प्रकाशित मिति : बिहीबार, २४ बैशाख २०८३ १२:००
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ