Logo

नेपाल-भारत सीमापार ग्रामीण पर्यटन सहकार्य तथा पूर्वी नेपाल अध्ययन भ्रमण सम्पन्न


काठमाडौं / ग्रामीण पर्यटन प्रवर्द्धन तथा नेपाल–भारतबीच पर्यटन सहकार्य विस्तार गर्ने उद्देश्यले आयोजित नेपाल–भारत सीमापार ग्रामीण पर्यटन सहकार्य कार्यक्रम तथा पूर्वी नेपालको ३ दिने अध्ययन भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ।

भिटोफ नेपाल, नेपाल पर्यटन बोर्ड तथा स्थानीय तहहरूको सहकार्यमा सम्पन्न कार्यक्रममा भिटोफ नेपालका अध्यक्ष हरिशरण थपलिया, प्रथम उपाध्यक्ष मनहरी दाहाल, प्रमुख सल्लाहकार डा. आलोक प्रसाईँ लगायत २५ सदस्यीय टोली सहभागी भएको थियो ।

भ्रमणका क्रममा टोलीले मोरङको बेलबारी–१० स्थित माटी गाउँमा धिमाल समुदायको संस्कृति संरक्षण तथा ‘जीवित सङ्ग्रहालय’ अवधारणाबारे अध्ययन गरेको थियो । साथै बराहक्षेत्र, भेडेटार लगायत पूर्वी नेपालका प्रमुख पर्यटन गन्तव्यहरूको अवलोकन समेत गरिएको थियो।

यसै अवसरमा नेपाल–भारत सीमापार ग्रामीण पर्यटन सहकार्यलाई थप सुदृढ बनाउने समझदारी तथा हस्ताक्षर कार्यक्रम पनि सम्पन्न भएको छ। कार्यक्रमले ग्रामीण पर्यटन, होमस्टे विकास तथा अन्तर्राष्ट्रिय पर्यटन सहकार्यका नयाँ सम्भावनाहरू सिर्जना गरेको विश्वास गरिएको छ ।

प्रकाशित मिति : शनिबार, ६ असार २०८३ १६:४१
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ