नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्छ: मन्त्री भट्टराई
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताएका छन् । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपीजे नेपालद्वारा प्रकाशित ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार विवतरण कार्यक्रममा उनले नेपालमा अहिलेसम्म पर्यटक सुरक्षित रुपमा रहेको बताए ।
मन्त्री भट्टराईले पर्यटकलाई कुनै आपतविपत परे सरकार जुनसुकै बेला पनि उद्धार गर्न तत्पर रहेको बताए । भट्टराईले पर्यटकलाई आपतविपत परे सरकारले चाँडो सुरक्षा गर्न व्यवस्था मिलाएको समेत जनाकारी दिएका छन् ।
उनले अन्नपूर्ण पदमार्गमा पनि करिब दुईसय जना पर्यटकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको बताउँदै नेपाल भ्रमण वर्षलाई केहीले असफल बनाउन प्रयास गरेको भन्दै भौतिक पूर्वाधारको काम गुणात्मकरुपले अगाडि बढेको समेत दाबी गरे ।