Logo

कालापत्थरमा फेशन शो, गिनिजबुक अफ वर्ल्ड रेकर्डमा नाम


विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको कालापत्थरमा फेशन शो गरेर गिनिजबुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाइएको छ।

आईतबार कालापत्थरमा ‘द माउन्ट एभरेष्ट फेशन रन वे’ले सबैभन्दा उच्चस्थानमा गरिएको फेसन प्रदर्शनी (हाईएस्ट अल्टीट्युड फेसन रनवे) को कीर्तिमान कायम गरेको नेपाल पर्यटन बोर्डले बताएको छ।

युनेस्को विश्व सम्पदाको रुपमा सूचिकृत कालापत्थरमा विभिन्न देशका २० जना मोडेलहरु सहभागी रहेको बताईएको छ।

मोडेलहरु १४ दिनको ट्रेकिङ (पदयात्रा) गरी ५ हजार ६ सय ४३ मिटर उचाईको कालापत्थर पुगेको आयोजकले स‌स्थाले जनाएकाे छ।

Everest ramp 1

फेशन प्रदर्शनीका क्षेत्रमा स्थापित संस्था ‘काशा’ले भ्रमणवर्ष २०२० लाई लक्षित गरी सो कार्यक्रमको आयोजना गरेको हो। नेपाल पर्यटन बोर्डले कार्यक्रम आयोजनामा सहयोग गरेको थियो।

आयोजकले कालापत्थरमा फेसन शो गर्नुको अर्काे मुख्य उद्देश्य हिमालयन क्षेत्रमा जलवायु परिवर्तनका कारण परेको प्रभावबारे अन्तर्राष्ट्रिय ध्यानाकर्षण गर्नु रहेको बताएको छ।

यसअघि यस्तै उद्देश्य राखेर २०६६ सालमा माधवकुमार नेपाल नेतृत्वको सरकारले कालापत्थरमैं मन्त्रिपरिषद बैठक राखेको थियो।

प्रकाशित मिति : बिहीबार, १६ माघ २०७६ २३:२८
प्रतिक्रिया दिनुहोस्