Logo

नेपाल कोरोना भाइरसमुक्त रहेको सन्देश दिनुपर्छ: पर्यटनमन्त्री भट्टराई


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराईले नेपाल कोरोना भाइरसमुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने बताएका छन् ।

चीनबाट उद्धार गरिएको १ सय ७५ जनामा कोरोनाको संक्रमण नदेखिएपछि भट्टराईले नेपाल कोरोनामुक्त रहेको र भ्रमणका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने बताएका हुन् ।

आजका मितिसम्म नेपालमा एक जनापनि कोरोना संक्रमित नरहेको उल्लेख गर्दै भट्टराईले विमानस्थल लगायत अन्य नाकाहरुमा उच्च सतर्कता अपनाइएको बताए ।

नेपाल कोरोनामुक्त घोषणाले अहिले नै चिनियाँ पर्यटक नेपाल भित्र्याउने योजना नरहेको स्पष्ट पारे ।

उनले चीनले आफुलाई कोरोनाबाट सम्पूर्ण रुपमा माथि उठेको घोषणा गरेपछि बाँध फुटेजस्तो बाहिर निस्किने र त्यो बेलाको फाइदा नेपालले लिनुपर्ने बताए ।

पर्यटन बजार कमजोर हुँदा सरकार र नीजि क्षेत्र थला पर्ने भएकाले त्यसबाट जोगिन सम्पूर्ण रुपमा ध्यान दिँदै बैकल्पिक बजारमा जानुपर्ने बताए ।

चीनबाट पर्यटक नआउँदा भएको घाटालाई बाह्य मुलुकबाट पूर्ति गर्नुपर्ने उनले बताए ।

चीनबाट पर्यटक नआउने भएपछि विभिन्न १२ वटा डेस्क स्थापना गरी युरोप, अमेरिका, मध्य पूर्व लगायतका देशमा परिचालन गरिने उनले बताए ।

प्रकाशित मिति : बुधबार, ७ फाल्गुन २०७६ १७:१७
प्रतिक्रिया दिनुहोस्