Logo

नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा कमल सापकोटा


काठमाडौं । नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा सफल पर्यटन व्यवसायी रामप्रसाद सापकोटा (कमल) मनोनित हुनुभएको छ । बैशाख ३ गते सोमबार बसेको बोर्ड सञ्चालक समितिको २६८औ बैठकले पर्यटन व्यवसायी तथा बोर्ड सदस्य सापकोटालाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो।

नवनियुक्त बोर्डका उपाध्यक्ष सापकोटा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)का पूर्व अध्यक्ष समेत हुनुहुन्छ । ट्रेकिङ, ट्राभल, होटल, रिसोर्टका साथै विभिन्न क्षेत्रमा लगानी गर्नुभएका उहाँले विगत लामो समयदेखि पर्यटन क्षेत्रमा विभिन्न तवरबाट नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

सापकोटासहित ऋषिराम भण्डारी र राजेन्द्र बहादुर लामा गत चैत्र १५ गतेको मन्त्रीपरिषद बैठकले बोर्डको कार्यकारी समिति सदस्यमा मनोनित गरेको थियो ।

नेपाल पर्यटन बोर्ड ऐन, २०५३ अनुसार बोर्डमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा ११ सदस्यीय कार्यकारी समिति गठन गर्ने व्यवस्था छ ।

ऐनले निजी क्षेत्रबाट सरकारले मनोनीत गरेका ५ जना तथा अर्थसहित विभिन्न मन्त्रालयसहित विभागहरुबाट प्रतिनिधित्व गर्ने ४ जना कार्यकारी समिति सदस्यमा नियुक्त गर्ने र उक्त कार्यकारी समितिको सदस्यसचिव तथा व्यवस्था गरेको छ । र उपाध्यक्षको हकमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सदस्यहरू मध्येबाट कार्यकारी सदस्यहरूले छानेको व्यक्ति रहने व्यवस्था छ ।

 

प्रकाशित मिति : सोमबार, ३ बैशाख २०८१ १२:४०
प्रतिक्रिया दिनुहोस्