विश्व बौद्ध सम्मेलनको सदस्य सचिवमा पासाङ शेर्पा
काठमाडौं । सरकारले विश्व बौद्ध सम्मेलन मूल समारोह समितिको सदस्य सचिवमा पासाङ शेर्पालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष शेर्पालाई सदस्य सचिव नियुक्त गरेको हो ।
सरकारले भ्रमण वर्ष २०२० लाई समेत लक्षित गरेर २०७७ वैशाखमा बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विश्व बौद्ध सम्मेलन आयोजना गर्दैछ । पर्यटनमन्त्री अध्यक्ष रहने सो समितिको सल्लाहकार प्रधानमन्त्री छन् ।
सम्मेलनमा बिभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई समेत निम्ता दिने तयारी सरकारको छ ।