Logo

कांग्रेस सोलुखुम्बुले १० बुँदे मागसहितको ध्यानकर्षण पत्र सरकारलाई बुझायो


सोलुखुम्बु  :  नेपाली कांग्रेस सोलुखुम्बुले १० बुँदे मागसहितको ध्यानकर्षण पत्र सरकारलाई बुझाएको छ ।  कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केेसीको उपस्थिति तथा जिल्ला सभापति बिनोद बस्नेेतको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी रमा आर्चायमार्फत  सरकारलाई ध्यानकर्षण पत्र पठाएको हो ।

कोरोना महामारी रोकथाम नियन्त्रणमा  सरकारले प्रभाबकारी भुमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै कांग्रेसले कोरोनाका कारण ठप्प बनेको पर्यटन क्षेत्रलाई उकास्नका लागि लक्षित कार्यक्रम ल्याउनुपर्ने, पर्यटन क्षेत्रका ब्यवसायी, मजुदरलाई  राहत कार्यक्रम घोषणा गर्नुपर्ने, साना ब्यवसायी र  कृषी क्षेत्रमा परेको समस्या समाधानका लागि  उचित राहत प्याकेज घोषणा गर्नुपर्ने  माग गरेको छ ।
कृतिम मुल्यृद्धि  र कालोजारी नियान्त्रण , स्थानीय तहले उद्धार र राहतमा खर्च  भएको बिबरण सार्वजनिक गर्नुपर्ने,  कृषकहरुलाई बिउबिजन  र मलको ब्यवस्था गर्नुपर्ने,  बिदेशमा ज्यान गुमाएकाको शब नेपाल ल्याउने  ब्यबस्था गर्नुपर्ने र चुस्त शान्ति सुरक्षाको ब्यवस्थापन लगायतका  माग ध्यानकर्षण पत्रमा समावेश गरिएको छ।

प्रकाशित मिति : मंगलवार, २ असार २०७७ २०:४५
प्रतिक्रिया दिनुहोस्
24/7 Live Streamživé statistikyinformazioni Crazy TimeCoin Flip bonusvanliga frågorwatch live statsRoyal Reels mobileWingaga CZ