ठमेल परिषदमा राजुमान डंगोलको नेतृत्वको नयाँ कार्यसमिति
काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को निर्वाचनबाट राजुमान डंगोलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । परिषद्को शनिबार आयोजित ३० र ३१ औं वार्षिक साधारणसभासँगै सम्पन्न निर्वाचनबाट अध्यक्षमा डंगोल निर्वाचित भएका हुन् ।
अध्यक्ष डङ्गोलले ७२८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी प्रश्रय राजभण्डारीले ३६५ मत प्राप्त गरे । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्वितीय उपाध्यक्षमा दावाङ (दावा) तामाङ, तृतीय उपाध्यक्षमा रमेश थापा विजयी भएका छन् ।
महासचिवमा पशुपति कँडेल ७२० मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी पुण्यराम लागेजुले ३३३ मत प्राप्त गरे । यसैगरी, सचिवमा दिलिप कँडेल, कोषाध्यक्षमा किन्चु लामु भुटिया (श्रेष्ठ) विजयी भएको निर्वाचन अधिकृत पङ्गेनीले बताए ।
यस्तै, सदस्यमा सुरेन्द्र डङ्गोल, बालकृष्ण खनाल, सानुकाजी महर्जन, रोशन प्रधान (श्रेष्ठ), विश्वमान प्रधान, लिजा मानन्धर, कृष्णबहादुर सेढाईं र चन्द्रा तामाङ विजयी भएका छन् ।
आगामी दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा कुल एक हजार ३०९ मतदाता रहेको परिषद्को निर्वाचनमा एक हजार २२५ मत खसेको थियो ।


